arrow

नवलपरासीका सात पसलमा आगलागी, करोड बढीको क्षति 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७९ पुष ७ बिहिबार
fire-semi-final-nawalparasi.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम जिल्लाको सुनवलमा भएको आगलागीबाट एक होटेल गरी सात वटा पसल जलेर खरानी भएका छन् । आगलागीबाट अनुमानित एक करोड बढीको धनमालको क्षति भएको हो । 

सुनवल नगरपालिका वडा नं १ सोमनाथस्थित सन्तोष पौडेलको टिन र बाल्कले बनेको घरको सटर भाडामा रहेको मुन्ना टायर पसलबाट शुरु भएको आगलागीबाट थप थिरती होटेल , हिमचुली मोटर पार्टस, गरौ कलिक मोटर पार्टस, सगिर व्याट्री पसल, रामजि वर्कसप, सुरज पेन्टस गरि सात वटा सटर भएको पसल पूर्ण रुपमा जलेर नष्ट भएको र त्यसबाट झण्डै एक करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी भोजराज पाण्डेले बताए । 

बिहान डेढ बजेदेखि शुरु भएको आगलागी ३ घण्टा पछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बिजुली सर्ट भई आगोलागी भएको भन्ने बुझिएको हो ।

 यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ