arrow
ADVERTISEMENT

नेपाल टी–२० मा फार वेस्ट विजयी [फोटोफिचरसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ११ सोमबार
nepalt20-far-west-united.jpg

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौँ नाइटसलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । 

यसअघि भएको पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टार्ससगँ ६७ रनले पराजित भएको थियो । काठमाडौँले दिएको ९९ रनको लक्ष्य फार वेस्टले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर पूरा गर्यो ।

 फार वेस्टको जितमा कप्तान हस्मतुल्लाह साहिदीले अविजित ५० रनको योगदान दिए । उनले ४९ बल खेल्दै दुई छक्का र तीन चौकाको मद्दतमा ५० रन जोडेका हुन् । त्यसैगरी देव खनालले १७ रन जोड्दा भीम सार्कीले ११ रन बनाए । विनोद भण्डारीले चार तथा उमर अलीले एक रन जोडे । 

बलिङतर्फ काठमाडौँ नाइटसका अनिल खरेलले दुई विकेट लिए भने अविनाश बोहोरा, बसिर अहमद, अजमतुल्लाह उमरजाइ र रायन बुर्लले समान एक–एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । 

काठमाडौँका लागि एलेक्स ब्लेकले सर्वाधिक ४५ रन जोड्नेबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १३ रन जोड्दा सन्तोष कार्कीले १२ रन जोडे । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

बलिङतर्फ फार वेस्टका उमर अली एक्लैले तीन विकेट लिए भने भुवन कार्की र हस्मतुल्लाह साहिदीले समान दुई÷दुई विकेट लिए । त्यस्तै शेर मल्लले एक विकेट लिए । यता काठमाडौँको भने यो पहिलो हार हो । 

यसअघि भएको पहिलो खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई २६ रनले हराएको थियो । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । 

त्यस्तै तेस्रो हुनले रु १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छन् । प्रतियोगितामा छ टोलीको सहभागिता छ  ।

321073264_1348145149269125_7825334903185630325_n.jpg.jpg
क्रिकेट
321135002_910767679937219_8937959748641292565_n.jpg.jpg
क्रिकेट
321865560_826171918487701_5156015093128745876_n.jpg.jpg
क्रिकेट
321966057_1055641978637213_3209550398153980658_n.jpg.jpg
क्रिकेट
322022388_1298430510730710_6277118103284315634_n.jpg.jpg
क्रिकेट
322048849_1162455827738579_755324485746142333_n.jpg.jpg
क्रिकेट


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ