arrow

मेस्सी सुतेको कोठा नै सङ्ग्रहालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
messi-room.jpg

काठमाडौं । विश्व फुटबलका चर्चित खेलाडी लियोनल मेस्सी सुतेको कोठा नै सङ्ग्रहालय बन्ने भएको छ । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि चुमेको थियो । 

कतारमा रहँदा मस्सीको टोली बसेको कोठालाई सङ्ग्रहालय बनाउने घोषणा कतार विश्वविद्यालयले गरेको छ । उक्त सङ्ग्रहालय आगन्तुकहरूको लागि मात्र खोलिनेछ। मेस्सी र अर्जेन्टिना टोलीको ऐतिहासिक जितलाई यादगार बनाउन कतार विश्वविद्यालयले यस्तो निर्णय गरेको हो । 

मेस्सीको टोली बसेको सम्पूर्ण क्षेत्रलाई सङ्ग्रहालयमा परिणत गरिने कतार विश्वविद्यालयका निर्देशक हिटमी अल हिटमीले बताएका छन् । साथै, बाँकी युवाहरूले पनि यसबाट पाठ सिक्ने र यो जितको अनुभूति गर्न सक्ने उनले बताए।

कतार विश्वकपका फाइनलमा फ्रान्स र अर्जेन्टिना टोली भिडेका थिए । खेलमा फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै मेस्सीको अर्जेन्टिना टोलीले तेस्रो पटक उपाधि जितेको थियो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा उपाधि जितेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ