arrow

एमडीएमएस लागु नगर्न प्रधानमन्त्री दाहालले दिए निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
pm-prachanda.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) तत्काल लागु नगर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् ।

यसअघि प्राधिकरणले हिजोसम्म परीक्षणका रुपमा र आजदेखि पूर्णरुपमा एमडीएमएस लागु गर्ने तयारी गरेको थियो ।

भन्सार छलेर ल्याइएका मोबाइल फोन ब्लक गर्ने उद्देश्यले यो प्रणाली लागु गर्ने निर्णय गरिएको थियो ।

अहिले विदेशबाट ल्याएका फोनहरु समेत दर्ता गर्नुपर्ने र पर्यटकको हकमा अन्योलताको बिषयलाई लिएर यसको विवाद भएसँगै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएको देखिन्छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि अब, कहिले एमडीएमएस लागु हुन्छ भन्ने निश्चित मिति तय भएको छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ