arrow

विष्णु पौडेल अर्थमन्त्री भएकै बेलामा देउखुरीमा लिए लुम्बिनीका सांसदले शपथ

logo
नारायण वली,
प्रकाशित २०७९ पुष १७ आइतबार
lumbini-pradesh-sapath-2079.jpg

बुटवल । यसपालिको निर्वाचनमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफूले चुनाव जित्नका लागि लुम्बिनीको स्थायी राजधानी बुटवललाई बनाउने प्रण मतदाता सामु गरेका थिए । यसअघि अस्थायी राजधानी हुँदै आएको बुटवलबाट अर्थमन्त्री हुनकै लागि उनले दाङको भालुबाङमा सार्दा मौन बसेका थिए । 

समय त्यत्तिकै गुज्रियो । अहिले चुनाव जित्ने सम्भावना नभएपछि रुपन्देहीका मतदातालाई मुर्ख बनाउँदै उनले फेरि चुनाव जिते । यसपालि पनि उनी अर्थमन्त्री नै भए । उनी अर्थमन्त्री भएकै बेलामा आज लुम्बिनी प्रदेश सभाका सदस्यहरूले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् ।

८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले मातृभाषामा शपथ लिएका छन् भने बाँकी ७८ जनाले नेपाली भाषामै शपथ लिएका छन् ।

स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेको प्रदेशसभा भवनमा  शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो । प्रदेशसभा नियमावली ०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भई आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्थाअनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण र सोमबार बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको बैठकका लागि प्रदेश सरकारको १० करोड रुपैयाँभन्दा बढी लागतमा देउखुरीमा बनाएको भवनको अधिकांश काम सकिएको छ । 

अहिले सजावटको काम भइरहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए । ‘हामी अब अन्तिम चरणमा छौं,’ उनले भने, ‘अघिल्लो प्रदेशसभाले तोकेको स्थायी राजधानीको प्रदेशसभा भवनमा शपथग्रहण भएको छ भने यही भवनमा पहिलो बैठक हुनेछ ।’

लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ति ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् ।

अघिल्लो प्रदेश सभामा ५ दलको उपस्थिति रहेकोमा यस पटक लुम्बिनी प्रदेश्सभाका दलको संख्या १० पुगेको छ ।

केन्द्रमा एमाले र माओवादीको सरकार छ । लुम्बिनीमा पनि सोही सरकार बन्ने निश्चित जस्तै छ । तर अब लुम्बिनीको राजधानी बुटवल हुने सम्भावना भने हुने छैन । 

अर्कोपटक चुनाव लड्दा फेरि पौडेलले यो मुद्धा नउठाउलान् भन्न सकिन्न । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ