सुकुम्बासी युवाले पठाए बालेन र सुनीतालाई शुभकामना पत्र
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १७ आइतबार
4.5k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र रहेका सुकुम्बासी बस्तीलाई प्रक्रिया पुर्याएर हटाउन खोजिरहँदा त्यहाँ बसिरहेका युवाले भने महानगरका मेयर र उपमेयरलाई सम्बोधन गर्दैै ग्रेगोरियन नयाँ वर्षको शुभकामना दिएका छन् ।
उनीहरुले विभिन्न पोष्टकार्ड बनाउँदै मेयर वालेन्द्र साह (बालेन) र उपमेयर सुनीता डंगोललाई पठाएका हुन् ।
ती पोष्टकार्डमा निकै भावपूर्ण भनाइसमेत लेखिएको छ । हातले बनाइएको एक कार्डमा लेखिएको छ, ‘यहाँले विकास र मानवतालाई सँगै लैजानुहुन्छ भन्ने विश्वास राखेका छौं ।’
‘हामी विकास विरोधी होइन हामीले सुन्दर काठमाडौंका लागि योगदान गरेका छौं’ समेत लेखिएको छ ।