arrow

प्रभु र सेञ्चुरी बैंकले पाए मर्जरमा जान स्वीकृति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
prabhu-century-bank-merger.jpg

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले मर्जरमा जान स्वीकृति पाएका छन् । सोमबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले यी दुवै बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको हो ।  

यी दुवै बैंकको एकीकृत कारोबार यही महिनामा गर्ने गरीमर्जर प्रक्रिया अघि बढेको छ। अब कम्पनी रजिस्टारको कार्यालयबाट स्वीकृति लिनुपर्ने छ। 

मर्जरपछि चुक्ता पुँजी २२ अर्ब बढी हुने जनाइएको छ । मर्जरपछि बैंकको सीईओ अशोक शेरचन हुने छन् भने डेपुटी सीईओमा मनोज न्यौपाने रहने सहमति भएको छ । 

त्यस्तै सञ्चालक समितिमा प्रभुबाट ४ जना र सेञ्चुरीबाट ३ जना रहने सम्झौतासमेत भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ