arrow

नेपाल टी–२० लिग अलपत्र, पारिश्रमिक नपाएपछि खेलाडीले टस गर्नै मानेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
nepal-t20-league-2079-09-19.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगमा विवाद भएको छ । पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा आजका खेलहरु अन्योलमा परेका छन् । 

तालिका अनुसार आज दुई खेल हुनेछन् । पहिलो खेलमा अहिले काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच खेल हुनुपर्ने हो । बिहान ८ः३० बजे नै टस हुनुपर्नेमा दुवै टोलीका खेलाडीले टस गर्न मानेनन् । 

दुवै टोलीले प्लेइङ–११ मा नामसमेत दर्ता गराएका छैनन् । आजै दोस्रो खेलमा जनकपुर रोयल्स र लुम्बिनी अल स्टारबीच खेल हुने तालिका छ ।  फ्रेन्चाईज टोलीमा आवद्ध खेलाडीले सहमति अनुसारको रकम नपाएपछि उनीहरु आन्दोलित भएका हुन् ।

खेलाडीले खेलअघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पारिश्रमिक रकम पाउनु पर्ने सहमति रहेको थियो ।

क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै लिग गत मंसिर २८ देखि आयोजना गरेको हो । यो लिग पटक पटक सर्दै आएको थियो । 

यसैबीच, कमेन्टेटर सचिन तिमल्सेनाले सामाजिक संजाल ट्वीटरमार्फत आजबाट यो लिगमा ब्रोडकास्टर या कमेन्टेटरको रुपमा आफ्नो संलग्नता नरहने जनाएका छन् । 

उनले लेखेका छन्, ‘नेपाल टी–२०, फिक्सिङ र पारिश्रमिक नदिइ गायब आयोजक ! नेपाल टी–२० लाई कमेन्टेटरको रुपमा नजिकबाट नियाल्दा धेरै शंकास्पद गतिविधि भेटियो । अब त आयोजक पनि गायब भएछन् । आजबाट यो लिगमा ब्रोड्कास्टर या कमेन्टेटरको रुपमा मेरो कुनै संलग्नता रहने छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ