नियुक्त भएपछि कार्कीले भने- मुख्यमन्त्रीमा आलोपालो गर्ने सम्झौता भएको छैन
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
1.2k
Shares
काठमाडौं । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका उनले आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्ति भएपछि आलोपालो सञ्चालन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको बताएका हुन् । उनले वर्तमान सरकार पाँच वर्ष सञ्चालन हुने बताए ।
कार्की प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङबाट आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्ति भएका हुन् । उनले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताए ।
उनले सत्ता सहकर्मी दलहरूबीच छलफल गरी पुस २५ गते दिउँसो मन्त्रिमण्डल सदस्यको शपथ ग्रहण गर्ने जानकारी दिए ।