arrow

सरकारले दुई छिमेकीलगायत सबै मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
Nepal-India-china-flag1.jpg

काठमाडौं।  सरकारले दुई छिमेकीलगायत सबै मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गर्ने भएको छ ।  दुवै छिमेकीलगायत सबै मित्रराष्ट्रहरूसँग सन्तुलित, विश्वसनीय र मैत्रीपूर्ण सम्बन्ध सञ्चालन गर्ने र सबैसँग मित्रता कायम गर्ने र कसैसँग पनि वैरभाव नराख्ने मान्यता पालना गर्ने सरकारको नीति छ । 

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने, सीमाको प्रभावकारी व्यवस्थापन गर्ने, नेपालको हित संरक्षण र प्रवद्र्धन हुनेगरी विद्यमान सन्धि सम्झौताको पुनरावलोकन गर्ने, आवश्यकताअनुसार नयाँ सन्धि–सम्झौता गर्ने’सरकारको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ मा उल्लेख छ । 

संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, विश्वशान्तिका मान्यता, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायमा आधारित स्वतन्त्र, तटस्थ र असङ्लग्न परराष्ट्रनीति अवलम्बन गर्ने र त्यसका लागि विदेश सम्बन्ध सञ्चालनमा सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानलाई केन्द्रविन्दुमा राख्ने पनि सरकारले जनाएको हो ।

 क्षेत्रीयस्तरमा तनावरहित मित्रताका निम्ति काम गर्ने, सार्क, बिमस्टेक, बिबिआइएन जस्ता संस्थालाई पुनर्ताजगी र गतिशील बनाउन प्रभावकारी भूमिका खेल्ने, नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतालाई थप सुदृढ बनाउने सरकारको न्यूनतम कार्यक्रममा उल्लेख छ ।

राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, प्रमुख आर्थिक विषय एवं रणनीतिक पूर्वाधारलगायत राष्ट्रका आधारभूत विषयमा राष्ट्रिय सहमति निर्माण गर्ने प्रयास गर्ने र माथि उल्लिखित नीति, काम तथा कार्यक्रमको कार्यान्यवनका निम्ति एक महिनाभित्रै सम्बन्धित मन्त्रालय, विभाग एवं निकायबाट विस्तृत कार्ययोजना बनाई तत्काल कार्यान्वयन प्रक्रियाअघि बढाइने सरकारको योजना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ