arrow

हाम्राकुरा डटकमका कार्यकारी सम्पादक सोमराज पोखरेललाई पितृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
Govinda-pokhrel-somraj.jpg

काठमाडौं। हाम्राकुरा डटकमका कार्यकारी सम्पादक सोमराज पोखरेललाई पितृशोक परेको छ। सम्पादक पोखरेलका पिता गोविन्दप्रसाद पोखरेलको ८० वर्षको उमेरमा काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

पोखरेल केही समयदेखि अर्बुद रोगबाट पीडित थिए । पोखरेलको आइतबार (आज) बेलुकी पशपति  आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ। 

गुल्मी जिल्ला धुर्काेट गाउँपालिका १ नयाँगाउँका स्वर्गीय पोखरेल शिक्षाविद् तथा समाजसेवी थिए । धार्मिक विद्वता हासिल गरेका पाेखरेलका श्रीमती रुक्मिणीदेवी पोखरेल, जेठा छाेरा विष्णुप्रसाद पोखरेल, माइला छोरा युवराज पोखरेल र कान्छा छोरा सोमराज पोखरेल तथा छोरी शान्ता मरासिनी रहेका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ