arrow

न्यूयोर्कमा चिनियाँ प्रहरी चौकी, एफबीआईले नै मार्‍यो छापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
12china-police-01-vhjb-superJumbo (1).jpg

काठमाडौं। न्यूयोर्कको चाइनाटाउनको व्यस्त सडकमा रहेको सामान्य देखिने ६ तले कार्यालय भवनको लबी डाइरेक्टरीमा विभिन्न व्यवसायहरू सूचीबद्ध छन्, जसमा इन्जिनियरिङ कम्पनी, एक्यूपंक्चरिस्ट र एक लेखा फर्मसमेत रहेको छ।

तर, तेस्रो तल्लामा सूचीबद्ध नगरिएको एक शङ्कास्पद चिनियाँ चौकीले अधिकार क्षेत्र वा कूटनीतिक स्वीकृति बिना पुलिस अपरेसनहरू सञ्चालन गरेको छ। विश्वभरका १०० भन्दा बढी यस्ता चिनियाँ चौकी अथवा सङ्गठनहरू मध्येको एक यो न्यु-योर्क स्थित चौकीले कूटनीतिज्ञहरू र गुप्तचर एजेन्टहरूलाई चिन्तित बनाएको छ।

अमेरिकी सङ्घीय गुप्तचर निकाय (एफबीआई)को काउन्टर इंटेलिजेन्स एजेन्टहरूले ब्रुकलिनमा अमेरिकी अधिवक्ताको कार्यालयसँग गरिएको आपराधिक अनुसन्धानको एक हिस्साका रूपमा यस भवनको खोजी गरेका थिए। यो खोजले आफ्नो सिमानाभन्दा धेरै टाढा आफ्नो डायस्पोरालाई पुलिस गर्ने या प्रहरीका रूपमा परिचालन गर्ने चीनको प्रयासमा विश्वव्यापी विवाद बढेको कुरालाई सङ्केत गरेको छ।

आयरिश, क्यानाडा र डच अधिकारीहरूले चीनलाई आफ्ना देशहरूमा पुलिस अपरेसनहरू बन्द गर्न आग्रह गरेका छन्। एफबीआईले नै छापा मारेर कुनै एक चिनियाँ प्रहरी चौकीबाट सामग्री बरामद गरेको यो पहिलो घटना हो।

यद्यपि, बुधवार वासिङ्टन स्थित चिनियाँ दूतावासले यी चौकीको भूमिका चिनियाँ नागरिकहरूको लाइसेन्स नवीकरण गर्ने जस्ता कामहरूमा सघाउने स्वयंसेवक काम गर्ने मात्रै भएको भनेको छ।

तर, न्यु योर्क टाइम्सले फेला पारेको चिनियाँ राज्य समाचार मिडिया रिपोर्टले पुलिस र स्थानीय चिनियाँ अधिकारीहरूलाई उदृत गर्दै यी चौकीको भुमिका फरकरुपले उल्लेख गरेको छ । उनीहरूले विदेशी पुलिस अथवा प्रहरी सेवा केन्द्र भन्दै यसको प्रभावकारिता उल्लेख गरेका छन्।

केही रिपोर्टले चिनियाँ चौकीहरूले खुफिया जानकारी सङ्कलन र स्थानीय अधिकारीहरूसँग सहकार्य नगरी विदेशमा अपराधहरू समाधान गर्ने जस्ता कुराहरू उल्लेख गरेको छ। 

यी कार्यालयहरू कसले चलाइरहेको छ भन्ने विषय भने अन्योल छ। कहिलेकाहीँ तिनीहरूलाई स्वयंसेवकको रूपमा उल्लेख गरिन्छ भने कहिले कर्मचारी सदस्य त कहिले निर्देशक समेत भनिन्छ। पश्चिमी अधिकारीहरू र मानव अधिकार समूहहरूले प्रहरी कार्यालयहरूमा ध्यानाकर्षण गराएपछि ती मध्ये केही अनलाइन लेखहरू हालै मेटाइएका छन्।

पश्चिमी अधिकारीहरूले यी चौकीहरूलाई असन्तुष्टहरू सहित विदेशमा रहेका चिनियाँ नागरिकहरूमाथि ट्याब राख्न बेइजिङको ठूलो ड्राइभको हिस्साको रूपमा हेर्छन्।  सबैभन्दा कुख्यात यस्तो प्रयास अपरेशन फक्स हन्टको रूपमा चिनिन्छ, जसमा चिनियाँ अधिकारीहरूले विदेशमा भागेकाहरूलाई खोज्छन् र उनीहरूलाई स्वदेश फर्कन दबाब दिन्छन्।

विश्वका विभिन्न देशहरूमा चीनले यस्तै चौकीहरू स्थापना गरेर आफ्नो रणनीतिक फाइदाका लागि प्रयोग गरिरहेको छ। यी कुराहरू पछिल्लो समय बाहिरिँदै गरेका छन् र चीनप्रति सचेत हुँदै विभिन्न देशले यस्ता चौकीहरू बन्द गर्न थालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ