राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास गरिरहेका छौँ : प्रधानमन्त्री दाहाल
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
972
Shares
फाइल तस्बिर
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति खोज्ने प्रयास जारी रहेको बताएका छन्। बिहीबार सभामुखको चुनावपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास गरिराख्ने बताए।
उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए। उपसभामुखको चुनावमा पनि आजकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने उनले बताए।
प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरू एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिए।