arrow

बाजुरामा हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
bajura-heu.jpg

बाजुरा ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ । जिल्लाको पूर्वी-उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो । 

पूर्वी-उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । बिहीबारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ ।
 
चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन् । मौसम बदलीका कारण जिल्लाको तापक्रम दुई डिग्री सेल्सियसमा झरेको छ । 

चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । हिमपात हुन लागेपछि कृषक खुसी भएका छन् । वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई राहत पुगेको छ । 
 
जिल्लाको पूर्वी-उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ । 

मार्तडी-कोल्टी सडकमा पर्ने पोरखे लेकमा हिमपात भएपछि आवतजावत गर्न समस्या भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ