arrow

मुख्यमन्त्रीले थाले रेशम चौधरीलाई छुटाउन पहल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
prachanda-rajendra.jpg

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मत नपुग्ने भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावल रेशम चौधरीको रिहाइका लागि पहल थालेका छन् ।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको साथ नभए मुख्यमन्त्री रावललाई विश्वासको मत नपुग्ने भएपछि रेशमको रिहाइका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

मुख्यमन्त्रीको शपथ लिए पनि रावलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । उनको मन्त्रिपरिषद्मा दुई मन्त्री नियुक्त भएका छन् तर दुवैले जिम्मेवारी पाएका छैनन्। विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री रावल रहेको बताइन्छ । 

मुख्यमन्त्री रावलले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरि रेशमको रिहाइको बारेमा कुराकानी गरेका छन् ।

सो क्रममा प्रधानमन्त्रीले अवस्था कठिनाइ रहे पनि रिहाइका लागि हर सम्भव प्रयत्न गर्ने आश्वासन दिएका थिए ।

मुख्यमन्त्री रावलसँगै नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरी पनि पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ