arrow

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा ६ जना पूर्व संयोजक सम्मानित

प्रदेश नम्बर १ बाट स्थानिय शान्ति समिती पाँचथर उत्कृष्ट जिल्लाको रुपमा पुरस्कृत

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ असोज ५ बुधबार
Pachthar.jpeg.jpeg
पाँचथर । अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारी स्थानीय शान्ति समिति पाँचथरका ६ जना पुर्व संयोजकहरुलाई बुधबार सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा स्थानीय शान्ति समिति पाँचथरका पहिलो संयोजक हर्क नेम्वाङ (मिक्सो),भुवानीप्रसाद लिङदेन,ज्ञानेन्द्र लक्सम,सागर केरुङ,बालकृष्ण काफ्ले,लयप्रसाद बास्कोटा र अर्जुनदेव स्याङवो रहेका छन् ।
 
उनीहरुलाई पाँचथरका प्रमूख जिल्ला अधिकारी किरण थापाले प्रमूख अतिथिको आसनवाट सम्मानपत्र वितरणसँगै दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोहि अवसरमा आर्थिक वर्ष २०७२।०७३मा उत्कृष्ठ कार्य गरेको भन्दै गाँउ शान्ति समिति याङनाम र पौवासारतापलाई पनि कदर पत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।
 
उनीहरुलाई दश हजार नगद र कदर पत्रले सम्मान गरिएको स्थानीय शान्ति समिति पाँचथरका सचिव टंक पौडेलले जानकारी दिए । यसैविच शान्ति प्रर्वद्धन तथा द्धन्द्द न्यूनीकरणमा महत्पूर्ण भूमिका निर्वाह गरेको स्थानिय शान्ति समिती पाँचथर प्रदेश नम्बर १ मा उत्कृष्ट जिल्लाको रुपमा आज पुरस्कृत भएको छ । पुरस्कृत सँगै दुई लाख रुपैया नगद तथा प्रमाणपत्र समेत हात पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ