arrow

वीरगन्जमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइदै

logo
बिजय चौहान,
प्रकाशित २०७३ असोज ५ बुधबार
santidiwasbirjung.jpeg
वीरगन्ज। “ दिगो शान्ति, राष्ट्र विकासको आधार” भन्ने मुल नाराकासाथ बुधबार वीरगन्जमा शान्ति र्‍याली निकालिएको छ ।  स्थानिय शान्ति समिति पर्साको आयोजनामा वीरगन्जको घण्टाघर चोकबाट  अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा र्‍याली निकालिएको हो । 
 
वीरगन्जको घण्टाघर चोकबाट निकालिएको र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै माइस्थान चोकमा पुगी सभामा परिणत भएको थियो ।  पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे र स्थानिय शान्ति समिति पर्साका अध्यक्ष प्रदीप यादवले शान्तिका प्रतिक परेवालाई उडाई सभाको उद्घाटन गरे ।
 
सभालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले समाजमा द्वन्द रहेसम्म शान्ति स्थापना हुन नसकिने भएकाले सबै खाले द्वन्द अन्त्य गर्दै समाजमा शान्ति व्यवस्था कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले राष्ट्र विकासका लागि शान्ति नै पहिलो शर्त रहेकाले समाजमा रहेका द्वन्दलाई व्यवस्थापन गर्न सरकाले स्थानिय शान्ति समिति मार्फत द्वन्द व्यवस्थापनमा लागेको जानकारी दिए ।
 
द्वन्दपिडितका लागि उचित क्षेतीपुर्ती देखि पुर्नवास गराउदै उनको जिवपारजनकालागि शिपमुल तालिमको व्यवस्था सरकारले गरेको बताउदै प्रजिअ घिमिरेले सबै खाले विभेद अन्त्य गर्दै एक जुट भई राष्ट्र निर्माणमा लाग्न राजनीतिक दल, नगरिक समाज, वुद्धीजिवीहरुलाई आग्रह गरे।
 
 कार्यक्रममा शान्ति समिति पर्साका अध्यक्ष यादवले प्रतिकारको नाममा पर्साको विरुवागुठ्ठी र झबराहामा जलाइएको घरको आज सम्म क्षेतीपुर्ती पिडितले नपाएकाले उनलाई तत्काल क्षेतीपुर्ती उपलब्ध गराउन पर्साका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे। उनले विभेद रहेसम्म शान्ति सम्भव नभएकाले संविधानमा देखिएका विभेद अन्त्य भए मुलुक दिगो विकास तर्फ उन्मुख हुने बताए ।
 
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, नागरिक समाज,सरकाकारी कर्मचारी, सुरक्षनिकायका प्रमुख लागएको उपस्थिती रहेको थियो । यसै बीच अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आजै वीरगन्जमा आत्म ज्ञान प्रचार संघ वीरगन्जले वृहत शान्ति र्‍याली निकालेको छ ।  विभिन्न चेतना मुलक सन्देश अंकित प्लेकार्ड सहित वीरगन्जको घण्टाघर चोकबाट र्‍याली निकालिएको हो । 
 
विभिन्न चेतना मुलक सन्देश अंकित प्लेकार्ड समिहत निकालिएको र्‍याली नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । शान्ति सम्भव छ , शान्ति सब्दमा मात्र सिमित छैन्,शान्ति सुविधान नभई अनिर्वायता हो जस्ता चेतना मुलक सन्देश अंकित प्लेकार्ड सहित र्‍यालीका सहभागिहरुले वीरगन्ज नगर परिक्रमा गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ