arrow

पत्रकारमाथि भएको हातपातको क्रान्तिकारीद्वारा भर्त्सना

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
bhatsana.jpeg

काठमाडौं । ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा रिपोर्टिङका क्रममा पुगेका रेडियो मिर्मिरेमा कार्यरत पत्रकार सुदिप वर्देवामाथि भएको हातपातको क्रान्तिकारी पत्रकार संगठन नेपालले भत्र्सना गरेको छ । 

संगठनले बुधबार विज्ञप्ती जारी गर्दै प्रहरीले वर्देवामाथि हातपात गर्नुका साथै उनलाई केही समय कब्जा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
 
यातायात व्यवस्था कार्यालयमा चालक अनुमति पत्र लिनका लागि बुधबार बिहान तीन बजेदेखि नै आवेदकहरुको लाइन लागेपनि नौ बजेतिर सर्वर विग्रियो भनेर कार्यालय बन्द गरेपछि लाईनमा बस्नेहरु कार्यालयमा आक्रमणमा उत्रिएपछि प्रहरीले उनीहरूमाथि आक्रमण गरेको थियो । 
 
सोही घटनाको रिपोर्टिङका लागि कार्यालयमा पुगेका क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा रेडियो पत्रकार वर्देवामाथि प्रहरीले हातपात गर्नुका साथै दुव्र्यवहार भएको संगठनले आरोप लगाएको छ । उनलाई आधा घन्टा नियन्त्रणमा लिएर प्रहरी भ्यानमा बन्दी बनाइएको थियो । 
 
नाराबाजी गरिरहेका सर्वसाधारणमाथि लाठी प्रहार गरिरहेको दृष्य खिचिरहेका पत्रकार वर्देवाले आफ्नो परिचय दिँदा पनि प्रहरीले “प्रहरीको मात्र फोेटो किन खिचेको” भन्दै हातपात गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ