arrow

नेतृत्व विवादले ठमेल पर्यटन विकास परिषद्मा अनिश्चितकालीन तालाबन्दी

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
thamel-at-night.jpeg
काठमाडौं। नेतृत्वको विषयलाई लिएर परिषद्मा अनिश्चितकालीन तालाबन्दी भएको छ । परिषद्को साधारणसभा स्थलगन र अर्को समूहले नयाँ नेतृत्व घोषणा गरेपछि विवादित बनेको परिषद्मा दुई दिनदेखि तालाबन्दी भएको हो । 
 
परिषदमा केही दिन अघिदेखि विवाद उत्पन्न भएको थियो पदाधिकारीले एक अर्कालाई आरोप लगाउँदै संस्थालाई नै बदनाम हुने गरी भइरहेको गतिविधिप्रति व्यवसायी आक्रोसित देखिएका छन् । 
 
पर्यटकीय मौसम सुरु हुनलाग्दा ठमेलको समग्र पर्यटन प्रवद्र्धन विकासका लागि गठित संस्थामा विवाद देखिनुले पर्यटकमा नकारात्मक सन्देस जाने भन्दै व्यवसायीले चाँडो समस्या समाधान गर्न दबाब दिएका छन् । 
 
तर परिषद्का जिम्मेवार पदाधिकारी आ–आफ्नो पक्षमा पद हत्याउन लागि परेका छन् । वर्तमान अध्यक्ष थपलिया र परिषद्का उपाध्यक्ष समीर गुरुङ समूहबीचको विवादले परिषद्को भविष्य अन्योल बनेको हो । 
 
दुई दिनअघि परिषद्का वर्तमान अध्यक्ष रामशरण थपलिया समूहले घोषित मितिको अघिल्लो दिन साधारणसभा स्थगित गरेपछि परिषद्कै वरिष्ठ उपाध्यक्ष समीर गुरुङको नेतृत्वमा साधारणसभा सम्पन्न भएको थियो । सभाले अध्यक्ष थपलियालाई हटाएर कार्यवाहक अध्यक्षको जिम्मेवारी गुरुङलाई दिएको घोषणा गरेको थियो । 
 
गुरुङले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएसँगै परिषद् छिर्ने घोषणा गरेपछि अध्यक्ष थपलियाले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका थिए । 
 
कार्यवाहक अध्यक्ष गुरुङ समूह मङ्गलबार परिषद् कार्यालय पस्न खोज्दा प्रहरीले रोकेको थियो । अहिले पनि परिषद् कार्यालयमा प्रहरीले सुरक्षा दिइरहेको छ । दुई समूहबीच कसरी अघि बढ्ने भन्नेबार छलफल भइरहेको छ । 
 
सकेसम्म विवाद मिलाएर समझदारीमै अघि बढ्ने दुबै पक्षले बताए पनि त्यसो हुन सकेको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ