प्रेम आचार्यका छोरीहरुलाई स्नातकसम्म निःशुल्क पढाउने कांग्रेस सांसद बस्नेतको घोषणा
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
1.5k
Shares
काठमाडौं। नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले केही दिनअघि संघीय संसद भवन अगाडि आत्मदाह गरेर ज्यान गुमाएका प्रेम आचार्यका १२ वर्षीया र ६ वर्षीया छोरीलाई स्नातक तहसम्म निःशुल्क पढाउने घोषणा गरेका छन् ।
बुधबार संसदीय बैठकमा बोल्दै उनले आफ्नो दल नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्दै यस्तो निर्णय गरेको बताएका हुन्।
यस्तै मृतक प्रेम आचार्यकी श्रीमतीलाई पनि रोजगारीको व्यवस्था गर्नेसमेत उनले बताएका छन्। यस्ता काममा कयौं मानवीय संवेदना भएकाहरुले सहयोग गरिरहेको बताएका छन्।
'सँगसँगै उनले अरनिको यातायात सेवा समितिका अध्यक्ष नेपाली कांग्रेसका नेतासमेत रहेका केदार श्रेष्ठजीले पनि सहयोग गर्ने भनेपछि उहाँहरु इलामबाट काठमाडौं आएपछि स्कुललाई बच्चा हस्तान्तरण गर्ने त्यहीँ दिन उनलाई रोजगारीको नियुक्ती पत्र पनि दिलाउने' बताएका छन् ।
'यो कसरी हुन्छ भनेर प्रश्न आएको भन्दै उनले ३२ वर्ष साढे २४ हजार बच्चाहरुलाई निशुल्क ट्युसन पढाएको' उनले बताएका छन् । यस्तै उनले अहिले पनि मेलम्ची र हेलम्बुको पहिरोमा पीडित २ सय भन्दा बढी बालबालिकालाई प्लस टु पढाइरहेको' बताएका छन् ।
यस्तै उनले 'तीन वर्ष अगाडि जम्बुको पहिरोमा ६ जना परिवारमा ५ जना बाउआमा समेत बितेको र एसईई पास गरेकी नानी बाँचेको र मर्ने बेलामा बाबाले नर्स पढन् भनेको र सीसीआरसीमा प्लसटु पढाइसकेपछि अब, नर्सिंग पढाउन लागेको' समेत उनले बताएका छन्।