arrow

नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ, यस्तो छ अपराध

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ माघ १९ बिहिबार
arun-kumar-chaudhary-kailali-2-nup-mp-2079-2022.jpg

काठमाडौंं । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनलाई बाँकेबाट प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । 

चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । 

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार दिउँसो नेपालगञ्जतर्फ जाँदै गरेको अवस्थामा सांसद चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ।

पक्राउ परेका सांसद चौधरीलाई कैलाली लैजाने तयारी भइरहेको बाँके प्रहरीले जनाएको छ। सांसद चौधरीले ट्याक्टरमा आगो लगाएको आरोपमा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ सजायको फैसला गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ