arrow

हुँदै राष्ट्रिय सभाको उपाध्यक्षका लागि मनोनयन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ । 

सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार मध्यान्ह १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए । 

आइतबार ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय सभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेश गरिनेछ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ । 

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यही माघ १३ गतेको बैठकमा उपाध्यक्षको निर्वाचनको मिति तोकेका थिए । मिति तोकेर सभाध्यक्षले निर्वाचनसम्बनधी कार्यक्रमको सूचना प्रकाशन गर्न सङ्घीय संसद्को महासचिवलाई निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार महासचिवले आइतबारका लागि उम्मेदवारी दर्ताको समय निर्धारण गरेका हुन् । 



नयाँ