- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । उनको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन् ।
अर्यालको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने देवेन्द्र दाहाल र खिमलाल देवकोटाले समर्थन गरेका थिए । उनी निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका थिए ।
अर्याललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायत गठबन्धनले पनि समर्थन गरेको थियो । कांग्रेसले अर्याललाई समर्थन गर्ने निर्णय गरेसँगै उनी निर्विरोध भएकी थिइन् ।
अर्याल नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी थिइन् ।