arrow

राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
monti-desai-coach-cricket.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरेको छ ।  

केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको हो । देसाईसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ । 

यसअघि देशाईले सन् २०१७ मा नेपाली यु–१९ टोलीको ब्याटिङ कन्सल्ट्यान्ट सम्हालेका थिए । त्यसअघि उनले सन् २०१४ को आईसीसी टि–२० विश्वकप छनोटको क्रममा राष्ट्रिय क्रिकेट टोलीको लागि काम गरेका थिए । 

त्यसैगरी देशाई पछिल्लो तीन वर्ष वेस्टइन्डिजमा ब्याटिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । उनले सन् २०१९ देखि २०२२ को डिसेम्बरसम्म वेष्टइन्डिजमा काम गरेका थिए । यसअघि क्यानले मुख्य प्रशिक्षको लागि खुला आवेदन गरेको थियो । जसमा २४ जनाले प्रशिक्षक सहभागी थिए । त्यसमध्ये क्यानले अन्तिम चरणमा पाँच प्रशिक्षकको नाम सार्वजनिक गरी अन्तर्वार्ता लिएको थियो । 

यसअघि मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजिनामा दिएपछि नेपाली टोली प्रशिक्षकविहीन भएको थियो । घरेलु मैदानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा नेपाल रहेको छ ।

जसमा देशाईले नेपाली टोलीलाई प्रशिक्षण दिनेछन् । नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने उक्त प्रतियोगितामा आगामी फागुन २ गतेदेखि शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ