arrow

घरमा आगलागी हुँदा १३ वर्षे बालिकाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
fire-final_1618024271.jpeg
तस्बिर – सांकेतिक ।

जुम्ला । चन्दननाथ नगरपालिकाको एक घरमा आगलागी हुँदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । लोकबहादुर भण्डारीको घरमा गएराति साढे १० बजे आगलागी हुँदा उनकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमुली लोकबहादुर घाइते भएका छन् ।

आगलागी भएको घरमा भण्डारीकी सासु,  श्रीमती, छोरी लगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए । उनका अनुसार लोकबहादुरको खुट्टा पोलेको भने अन्य परिवार सकुशल रहेका छन् ।  उनका अनुसार ढुङ्गा र काठले बनेको तीन तलाको घर टिनको छानोले छाइएको थियो ।  

प्रहरीका अनुसार आगो दोस्रो तलाबाट लागेको अनुमान गरिएको छ ।  मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो ।  

प्रहरीले आगलागीको कारणको बारेमा अनुसन्धान गिररहेको छ भने पूरै घर जलेर नष्ट भएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ