- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौँदीले शपथ खाएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना समक्ष दसौँदीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
संघीय संसद सचिवालयका अनुसार आज दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद कसौँदीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।
नेकपा एमालेका सांसद दसौँदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।
गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद खिमलाल भट्टराईले राजिनामा दिएपछि रिक्त स्थानमा कसौँदी आएका हुन् ।