arrow

हात्तीपाइले विरुद्धको औषधि ११ फागुनदेखि कपिलवस्तुमा खुवाइँदै 

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७९ माघ २८ शनिबार
hattipaile-rog-patrakar-sammelan.jpg

कपिलवस्तु । यही फागुन ११ देखि जिल्लाका सबै पालिकाका सबै ९६ वडामा रहेको खोप केन्द्रमा आमरुपमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवनको अभियान संचालन गरिने भएको छ । दुई वर्षमाथिका सबैलाई लक्षित गरी अभियान संचालन गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अनिरुद्ध श्रीवास्तवले बताए । विगत वर्षहरुमा यो रोगविरुद्ध आमऔषधी सेवन (एमडीए) संचालन गरिएकोमा गत वर्षदेखि आईडीए अभियान चलाइएको बताए । 

थपिएको आईभरमेक्टीनसहित डीईसी र एडभेन्डाजोल गरी ३ प्रकारका औषधि अभियानमा खुवाउने कार्यक्रम छ । तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी गराइएको हो । यी औषधिदुई वर्ष सेवन गरे हात्तीपाईलेबाट छुटकारा पाइने छ ।

‘रोगको परजीवी जो कोहीमा पनि हुन सक्छ, त्यसैले सबै जनाले खोजी खोजी औषधीको सेवन गरौं र जीवनभर अशक्त हुनबाट बचौँ’ स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अनिरुद्ध श्रीवास्तवले भने । 

२ वर्षमुनिका गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामीले औषधि सेवन गर्न हुँदैन । कपिलवस्तुमा हात्तीपाइले निवारणकालागि विगत १४ वर्षदेखि अभियान संचालन हुँदै आएको छ । 

सो अभियानबाटसमेत हात्तीपाइले निवारण नभएपछि यस वर्ष १५ औँ चरणको अभियान संचालन हुन लागेको हो । हात्तीपाइलेका लागि १५ चरणको अभियान चलेको कपिलवस्तु नेपालको पहिलो जिल्ला हो ।  

१३ औँ चरण पूरा गरे पनि हात्तीपाइलेको जीवाणु अझै फेला पारेपछि यस वर्ष फेरि अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयद्धारा तौलिहवामा आयोजित हात्तीपाइले रोग विरुद्धको अभियान सम्बन्धी पत्रकार सम्मेलनमा जनाइएको हो । 

स्वास्थय कार्यालयका जनस्वास्थ्य निरीक्षक उमेश घिमिरेले २०७८ मा महाराजगंज र कृष्णनगर नगरपालिका गरी ६ सय ५५ जनामा गरिएको नमूना परीक्षण पछि करिब साढे ८ दशमलव ३९ प्रतिशतमा हात्तीपाइलेका जीवाणु फेला परेको थियो । 

गत वर्ष पालिका अनुसारको तथ्यांकमा ९० प्रतिशत बढी औषधी सेवन गरको भने पनि पछि अध्ययन गर्दै जादा ७८ प्रतिशले मात्र औषधी सेवन गरको पाइएको उनले बताए ।  

जिल्लामा सबैले औषधी सेवन गरी यो रोग नियन्त्रणमा सहयोग गर्नको लागि स्वास्थ्य कार्यालय कपिलवस्तुले अनुरोध गरेको छ । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बर्जाचार्यले औषधी खुवाउने अभियानमा जिल्लाका आम संचार मार्फत पत्रकारहरुले पचार प्रसार गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ