arrow

भारतीय क्रिकेटमा आरआरआर कमाल, अष्ट्रेलिया इनिङ्ससहित पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
india-sustralia-2023-02-11.jpg

काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारतले शानदार जित हासिल गरेको छ । भारत एक इनिङ्स र १३२ रनले विजयी भएको हो । भारतले तेस्रो दिनको पहिलो इनिङ्समा अष्ट्रेलियालाई ९१ रनमै रोकेसँगै भारतले ठूलो सफलता हासिल गरेको हो । 

अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले अविजित रहँदै २५ रन बनाए । भारतका लागि रविचन्द्रन आश्विनले ५ तथा मोहम्मद शामीले २ तथा रविन्द्र जडेजाले २ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले १७७ रन बनायो । भारतका लागि जडेजाले ५ तथा आश्विनले ३ विकेट लिए । 

जवाफमा भारतले चार सय रन बनायो । कप्तान रोहित शर्माले १२० रन बनाए । त्यस्तै अक्षर पटेलले ८४ तथा जडेजाले ७० रन बनाए । 

नागपुरमा भएको खेलमा भारतका तीन आर (आरआरआर) ले कमालको प्रदर्शन गरेका हुन् । राेहित, आश्विन र जडेजाले कमाल देखाएका हुन् । जडेजा प्लेयर अफ द म्याच भए । योसँगै चार खेलको टेष्ट श्रृंखलामा भारतले १–० को अग्रता लिएको छ । 

दोस्रो टेष्ट १७ फेब्रुअरीमा शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ