arrow

भ्यालेन्टाइनमा केही रोचक प्रसंग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
happy-valentines-day-11.jpg.jpeg

–जापानामा भ्यालेन्टाइन डेमा रातो गुलाफ होइन चकलेट उपहार दिने प्रचलन छ । विशेष गरी महिलाहरुले भ्यालेन्टाइन डे लाई विशेष उत्सवका रुपमा मनाउने गरेका छन् । प्रेम दर्शाउने ‘हर्ट सेप’को चकलेट प्रचलित छ । सन् १९५८ मा मारी नामक चकलेट कम्पनीले भ्यालेन्टाइन डेका दिन चकलेट दिने अभियान थालेपछि विस्तारै जापानभर फैलिदै सन् १९७० देखि भ्यालेन्टाइनलाई चकलेट डे भन्न थालियो । त्यसपछि जापानमा अप्रिल १४ तारिखका दिन ‘ब्हाइट डे’ मनाइन्छ । यो दिन पुरुषहरले महिलालाई उपहार दिने गर्छन । दक्षिण कोरियामा पनि यस्तै चलन छ ।

–पाकिस्तान भ्यालेन्टाइन डे मनाउन बन्देज गरिएको छ । इस्लामाबाद उच्च न्यायालयले मुस्लिम संस्कृतिमा भ्यालेन्टाइन नपर्ने जनाउँदै मनाउन रोक लगाउने आदेश दिएको हो । भ्यालेन्टाइन डे इस्लामिक शिक्षाविरुद्ध रहेको जनाउँदैं परेको रिटमा सुनुवाइ गर्दै अदालतले यो आदेश दिएको हो । पाकिस्तानको एक विश्वविद्यालयले यस दिनलाई ‘दिदी-बहिनी दिवस’ मनाउने घोषण गरिसकेको छ ।

–एक अनुमानित तथ्याकं अनुसार भ्यालेन्टाइन डेमा विश्वका करिब दुई लाख मानिसहरूले प्रेमी प्रेमिकाहरूलाई बिहेका लागि प्रस्ताव गर्ने गरेको पाइएको छ । यस दिन मात्रै विश्वमा करिब एक अर्ब शुभकामना कार्डहरू बिक्री हुने गरेको छ ।

–भ्यालेन्टाइन शब्दको प्रयोग कसरी भयो भन्ने बारे प्रष्ट तथ्य भेटाइँदैन । भ्यालेन्टाइन र डे फरक दुई शब्दलाई पहिलो पटक १४ औं शताब्दीका कवि जियफ्री चौसरले सन् १३८२ मा लेखेको चौसरले ‘पार्लिमेन्ट अफ फाउल्स’ शीर्षक कवितामा भ्यालेन्टाइन डे समेटेका थिए । यो कविता उनले इङ्गल्याण्डका राजा रिचार्ड र एन्नीबीच सम्पन्न विवाहको पहिलो वार्षिकोत्सवका अवसरमा लेखेका थिए ।

-भ्यालेन्टाइन डेलाई स्विडेनमा ‘अल हर्टस डे’ भन्ने गरिन्छ । सन् १९६० देखि स्विडेनमा यो दिन उत्सवका रूपमा मनाइँदै आएको छ भने फिनल्यान्डमा दिनलाई ‘फ्रेन्स डे’का रुपमा चर्चित छ । स्लोभानियामा भने यस दिन चराहरूले एकअर्कालाई प्रस्ताव गर्ने र विवाह बन्धनमा बाँधिने विश्वास गरिन्छ ।

–फ्रान्समा त प्रेम अदालत नै खडा गरेको इतिहास छ । सन् १४०० को भ्यालेन्टाइन डे को अवसर पारेर पेरिसमा ‘हाई कोर्ट अफ लभ’ स्थापना गरिएको थियो । जहाँ प्रेममा हुने धोका, महिलाविरुद्ध हुने हिंसालगायत मुद्दा मामिला हेर्ने गरिन्थ्यो ।

–पश्चिमी देशहरुमा भ्यालेन्टाइन कार्ड र रातो गुलाबको फूल दिएर आफ्नो माया अभिव्यक्त गर्ने बाहेक मुटुरूपी चित्र, परेवा, हातमा धनुषवाँण बोकेका पखेटासहितका कलात्मक सामाग्रीलाई आधुनिक भ्यालेन्टाइन विम्बका चित्रण गर्ने र प्रयोग गर्ने चलन छ ।

–विश्वमा सबैभन्दा बढी शुभकामना कार्ड क्रिसमसमा विक्री हुन्छ भने दोस्रो स्थानमा भ्यालेन्टाइन डेको कार्ड विक्री हुने गरेको पाइएको छ । अमेरिकामा मात्रै भ्यालेन्टाइन डेको दिन एक अर्ब अमेरिकी डलर बराबरको चकलेट तथा मिठाई बिक्री हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ ।

–विश्वमा सबैभन्दा धेरै जोडीहरुको बैवाहिक जीवन विफल र सम्बन्ध विच्छेद हुनुमा भ्यालेन्टाइन डे नै कारण बन्न पुगेको छ । यसदिन प्रेम प्रस्ताव राखेर बैवाहिक जीवनमा बाँधिएका अधिकांश जोडीहरुको बैवाहिक जीवन असफल भएको पाइएको छ । मेलवर्न विश्वविद्यालयले करिब १० लाख जोडीहरुमा गरेको अध्ययनअनुसार भ्यालेन्टाइमा गाँसिएको प्रेम र बैवाहिक जीवन लामो समयसम्म टिकाउ हुन सकेको पाइएन् ।

–विश्वविख्यात नाटककार शेक्सपियरको लभस्टोरी ‘रोमियो एण्ड जुलिएट’की नायिका जुलियटको इटालीको भ्यारोनामा रहेको काल्पनीक गाउँको घरमा प्रत्येक वर्ष भ्यालेन्टाइन डेको दिन हजारौं चिठीहरु पठाउने गरिएको छ । त्यस्तै गुलाबको फुललाई इटालीको रोममा प्रेमको देवीको मनपर्ने फूल भन्ने चलन पनि छ ।

–भ्यालेन्टाइन डे को दिन १९ करोड बराबरको गुलाबको फूल किनबेच हुन्छ भने एक अर्ब डलर बराबरको चकलेट खरीद विक्री हुने गरेको छ । विश्वमा गुलाफको फुल खरिद गर्नेमा ७३ प्रतिशत पुरुष मात्र हुने गरेका छन् । अमेरिका स्थित धेरै राज्यहरुमा यस दिन सार्वजनिक विदा दिने चलन छ ।

–१९ औं शताब्दीदेखि भ्यालेन्टाइन डेका विभिन्न सन्देशसहितका ग्रिटिङस कार्ड आदनप्रदान गरिंदै आएको पाइन्छ । बेलायतमा भ्यालेन्टाइन कार्डको आदनप्रदान अत्याधिक हुने गरेको छ ।  १८४७ मा इस्थर हाउल्यान्ड नामक ब्यापारीले बेलायती मोडल प्रयोग गरी ग्रिटिङ्स कार्ड उत्पादन गरेर विश्वभर आफूलाई स्थापित गरेका थिए ।

–हिन्दु धर्मशास्त्रमा अनुसार भगवान शिवको प्यारमा समर्पित भएकी सतीदेवी आफ्नो प्रेमी नपाएको अवस्थामा दनदनी बलेको आगोमा आत्मादहन गर्न पुगेको र आफ्नी प्रेमिकाको त्यस्तो हालत देखेर शिवजीले आफुलाई सम्हाल्न नसकेको धार्मिक इतिहास छ । उनी सतीदेवीको नश्वर शरीर बोकेर हिमाल पहाड जताततै भौतारिएको र प्रेममा अचेत भइ सतीदेवीको नश्वर शरिरका सम्पूर्ण अंगहरु जताततै खसिसक्छन् उनको हातमा एउटा अस्तु मात्र बांकी रहेको कथन पढ्न पाइन्छ ।

–भगवान कृष्णकी भक्तिनी मीरा कृष्णप्रतिको भक्ति प्रेममा भुतुक्क भएको पौराणिक कथा पनि रोचक  छ । कृष्णको प्रेममा पागल भएकी मिरालाई कृष्णबाट छुटाउन उनका परिवारले बारम्बार अवरोध सृजना गर्छन् । तर केही लाग्दैन र हार खान्छन् । अन्ततः मिरालाई विष पिलाएर मार्ने निर्णयमा पुग्छन् । एकदिन मिरालाई विष खुवाइन्छ मिराले हाँसिहाँसि विष पिइदिन्छिन । तर प्रेमको अघि विषले कुनै कामै गर्दैन विष हार्छ प्रेमले जित्छ, मिरा पुरानै अवस्थामा फर्क पुगिन्छन् ।

–चीनमा पनि भ्यालेन्नाइन डेलाई बेग्लै रुपमा मनाउने चलन छ । लुनार न्यू इयरअनुसार भ्यालेन्टाइन डे मनाउने चलन छ । यस दिन युवतीहरु धार्मिक स्थलमा गइ असल प्रेमी माग्नुको साथै बिबाहका लागि प्राथना गर्ने गर्छन ।

–समृद्ध मुलुक डेनमार्कमा भ्यालेन्टाइन कार्डलाई ‘लभर कार्ड’ भन्ने गरिन्छ । उक्त कार्डमा प्रेमी प्रेमिकाको तस्विर उतारेर कार्ड आदनप्रदान गर्ने चनल छ । जोकिङ लेटर लेख्ने प्रतिस्पर्धा पनि आयोजना गर्ने गरिन्छ । सेतो पुष्पगुच्छा मायाको उपहार दिने चलन डेनमार्कमा छ ।

–नेपालमा पाल्पाको रानीमल र काठमाडौंको रानीपोखरी मायाको प्रतिकका रुपमा लिने गरिएको छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाको चर्चित उपन्यास ‘मुना-मदन’ नेपालीहरुमाझ प्रेम अभिब्यक्त गरिएको चर्चित पुस्तकमध्ये पर्दछ । हिन्दुहरुले तीज, स्वस्थानी पूर्णिमा र श्रीपञ्चमी पर्व प्रेम दर्शाउने माध्यमका रुपमा लिने गरिन्छ ।

–हिन्दुहरुले विवाह अन्तर्गतको चतुर्थी कर्म गर्दा पढिने अंश ‘हे दुलही ’ मेरा प्राणका साथ तिम्रो प्राण, हाडहहरुसित हाड, मेरो मासुसित तिम्रो मासु, मेरा छालासित तिम्रो छाला मिलाउँछु ।’ भन्ने बाक्याशलाई प्रेमको चरम रुप हो भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ