arrow

सिभिल र हिमालयन बैंकको एकीकृत कारोबार १२ फागुनदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
civil-bank-himalayan-bank.jpg

काठमाडौं । सिभिल बैंक र हिमालयन बैंकको एकीकृत कारोबार १२ फागुनदेखि शुरू हुने भएको छ । दुवै बैंक मर्जर प्रक्रियामा गएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार शुरू हुन लागेको हो । दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए । 

हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो । हिमालयन बैंकको शेयरधनीको शेयर संख्यामा कुनै परिवर्तन हुने छैन भने सिभिल बैंकको शेयर कित्ता घट्नेछ। जसअनुसार हिमालयन बैंकको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने अनुपातमा मर्जर भएको हो।

डाटा माइग्रेशन प्रक्रियाको लागि हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरू बन्द रहनेछन् । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ