arrow

हिमालयन बैंकको त्रिपुरेश्वर शाखा स्थानान्तरण भई थापाथलीबाट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
himalayan-bank-81-3-2.jpg

काठमाडौँ । हिमालयन बैंकले त्रिपुरेश्वरमा रहेको शाखा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको हो ।

थापाथली शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा आइतबारदेखि प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरे ।

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आइतबारैदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले देशैभर आवश्यकताअनुसार शाखा स्थानान्तरणको क्रमलाई जारी राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ