arrow

हिमालयन बैंकले सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई सहुलियत कर्जा प्रदान गर्ने

कमर्शियल गाडी खरिदमा ७० प्रतिशतसम्म, प्यासेन्जर गाडी खरिदमा ८० प्रतिशत सम्म

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
Sipradi-himalayan-MoU.jpg

काठमाडौं। सिप्रदी ट्रेडिङ्ग प्रालिका ग्राहकहरुलाई टाटा मोटर्सका कमर्शियल र प्यासेन्जर गाडीको खरिदमा हिमालयन बैंक लिमिटेडले सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्ग प्रालि कमर्शियल भेहिकलका तर्फबाट जेनेरल म्यानेजर अनुप मणि ढकाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र बिक्रम शाहले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार हिमालयन बैंकले आफ्ना देशभरि रहेका शाखा कार्यालयहरुमार्फत सिप्रदी ट्रेडिङ्ग प्रालिका देशभर रहेका शोरुम तथा आधिकारिक डिलरहरुबाट टाटा मोटर्सका नयाँ कमर्शियल र प्यासेन्जर गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई कमर्शियल गाडी खरिदमा ७० प्रतिशतसम्म र प्यासेन्जर गाडी खरिदमा ८० प्रतिशत सम्म, अति न्युनतम ब्याजदरमा कर्जा प्रदान गरी सहज र सरल रुपमा सेवा प्रदान सिप्रदीले जनाएको छ।

हालै मात्र टाटा मोटर्स लिमिटेडले सिप्रदी ट्रेडिङ्गसंगको सहकार्यमा टाटा इन्ट्रा भी २० गाडी नेपाली बजारमा प्रस्तुत गरेको थियो। यस संग संगै सहज र सरल कर्जा सम्बन्धि यस्तो किसिमको सहकार्यले टाटाको नयाँ कमर्शियल र प्यासेन्जर गाडीका ग्राहकहरुको लागि धेरै नै लाभदायी हुने विश्वास दुवै पक्षले लिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कार्यक्रममा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकलका प्रमुख शावंत जंग सिजापति र हिमालयन बैंकका सहायक अधिकृत कमल सिग्देल लगायत सिप्रदी र बैंकका अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ