arrow

सिभिल बैंकले नेप्सेलाई गर्‍यो पत्राचारः शेयर कारोबार १४ फागुनदेखि रोक्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
civil-bank.png
तस्बिर – फाइल ।

काठमाडौं । सिभिल बैंकले शेयर कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई आग्रह गर्दै पत्र पठाएको छ । बैंकले फागुन १४ गतेदेखि चैत २ गतेसम्म शेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार गरेको हो ।  

एकीकृत कारोबारपछि लक्षित गरिएको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का गरिदिन सिभिलले नेप्सेलाई आग्रह गरेको हो ।  

यता, फागुन १२ गतेदेखि हिमालयनले सिभिल बैंकलाई प्राप्त गरेर ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरु हुँदैछ । 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट गत माघ १७ गते, धितोपत्र बोर्डबाट माघ २३ गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट फागुन २ गते अन्तिम स्वीकृति पाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ