arrow

हिमालयन बैंकको विवाद उच्च अदालतमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
himalayan-bank-limited.jpg

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको विवाद फेरि अदालतमा पुगेको छ । बैंकको सर्वसाधारण शेयरधनीको अनुपात राष्ट्र बैंकको नियम अनुसार ३० प्रतिशत पुर्याएर मात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्धा परेको हो ।

हिमालयन बैंकको कूल शेयर पूँजीमा सर्वसाधारण शेयरधनीको अनुपात हाल २७ प्रतिशत मात्रै छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९(१) र ९(४) बमोजिम सर्वसाधारण शेयरधनीको कूल जारी पुँजीको कम्तीमा तीस प्रतिशत हुने गरी बैंकको पूँजी संरचनालाई व्यवस्थित गरेर मात्रै साधारण सभा गर्न र सर्वसाधारणबाट संचालक चयन गर्न भन्दै हालका संचालक मध्येका एक संचालकले मुद्धा दायर गरेका हुन् ।

मुद्धामा बैंकका केही निहित स्वार्थ भएका संचालकहरुले सर्वसाधारण शेयरधनीका तर्फबाट बैंकको संचालक समितिमा प्रतिनिधित्वमा जालझेल गर्न खोजेको आरोप समेत लगाइएको छ ।
यसअघि पनि हिमालयन बैंकको संचालक विवाद पटक पटक अदालतमा पुगेको थियो ।

हिमालयन बैंकमा स्थापना कालदेखि नै निजी क्षेत्रबाट ४ वटा समूह संस्थापक शेयरधनी मनोजबहादुर श्रेष्ठ, प्रेमप्रकाश खेतान, हिमालय शमशेर राणा र हविव बैंक अफ पाकिस्तानका प्रतिनिधि सलीम अम्लानी रहेका छन् ।  यी ४ संस्थापक शेयरधनी बाहेक कर्मचारी सञ्चय कोष तथा सर्वसाधारण शेयरधनीहरूसमेत रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ