- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा कार्यालय स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात नजिक भएका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा–२ लाई हिमालयन बैंकले स्थानान्तरण गरेको हो ।
नजिक भएका शाखा सञ्जालहरुमध्ये विराटनगर शाखा–२ लाई स्थानान्तरण गरी रोडशेष चोक, विराटनगर महानगरपालिका १२, मोरङबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याइएको हो ।
उद्योग वाणिज्य संगठन मोरङका अध्यक्ष राकेश सुराणा तथा बैंकका कोशी प्रदेशका प्रदेश प्रमुख सन्तोष पराजुलीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बैंकका अन्य कर्मचारीहरुको उपिस्थति थियो ।