arrow

यौन हिंसाका आरोपी न्यायाधीशलाई कारबाहीको माग गर्दै संसद्‍ भवन अगाडि प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ३ बुधबार
judge-tortured-wife.jpg

काठमाडौं । यौन हिंसाको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै महिलाहरु नयाँ बानेश्वरस्थित संसद्‍ भवन अगाडि प्रदर्शनमा उत्रिएका छन् । 

सो क्रममा उत्रिएका सहभागीहरूलाई प्रहरीले पक्राउ गरेको छ । चार जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । संसद्‍ बैठक चलिरहँदा यौन हिंसाको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै संसद्‍ भवन बाहिर सडकमा केही महिलाहरूले विरोध प्रदर्शन गरेका थिए ।

गिरीकी श्रीमती आरती गिरी रावल सहितका महिलाहरूले बुधबार दिउँसो प्रदर्शन गरेका थिए । प्रहरीले गिरीकी श्रीमतीसहित चार जना महिलाहरूलाई पक्राउ गरेको हो । 

गिरी यसअघि सर्वाेच्च अदालत अगाडि पनि प्रदर्शनमा उत्रिएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ