arrow

स्कार्पियो दुर्घटनामा उपप्राध्यापक र निर्माण व्यवसायीको मृत्यु

logo
प्रकाशित २०७३ असोज ८ शनिबार
Rupandehii-hamrakura-new.jpeg
बुटवल  । बुटवल–तानसेन सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चर्चरेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७ वर्षीय कृष्ण भण्डारी र निर्माण व्यवसायी ५५ वर्षीय रामप्रसाद पन्थ छन् । गम्भीर घाइते भएका गाडी चालक देवी पन्थीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । 
 
तम्घासबाट बुटवल आउँदै गरेको बा १४ च ९३६४ नंको स्कार्पियो गाडी सडकबाट करिब २०० मि तल खसेको प्रहरीले जनाएको छ । उनीहरुको निधनप्रति नेपाली काँग्रेसका नेता एवं सभासद् चन्द्र भण्डारी र एमाले सचिव प्रदीपकुमार ज्ञवाली लगायतले शोक जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ