arrow

पत्रकार केशव पाठकलाई मातृशोक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
Nainakumari pathak.jpg

पोखरा । पोखरामा क्रियाशील पत्रकार केशव पाठकलाई मातृशोक परेको छ । केशवकी ममतामयी माता नैनाकुमारी पाठकको ८० वर्षको उमेरमा बिहीबार आफ्नै निवासमा निधन भएको थियो ।

पाठक लामो समयदेखि उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट पीडित थिइन् । स्व. पाठकको बिहीबार न अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

उनका श्रीमान्, चार छोरा र दुई छोरी रहेका छन् । 

यसैबीच नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माताको निधनप्रति नेपाल खेलकुद पत्रकार मञ्चले दुःख व्यक्त गरेको छ । 

मञ्चका महासचिव राजाराम पौडेलले शोक विज्ञप्ति जारी गर्दै नैनाकुमारीको निधनप्रति नेपाल खेलकुद मञ्च गण्डकी स्तब्ध र शोकमग्न भएको उल्लेख गरेका छन् । 

मञ्चले दुखद घडीमा दिवांङ्गत आत्माको चिरशान्तीको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । 

नैनाकुमारीको निधनपछि पोखराका पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले दुःख व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ