arrow

रोकिएन ग्यास दुर्घटनाको घटना, घरमा आगलागी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
cylinder-explode.jpg
तस्बिर – फाइल ।

सुर्खेत । जुम्लामा ग्यास लिक भएर आगलागी भएको छ । चन्दननाथ नगरपालिका– ६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको तीन तले  घरको ग्राउण्ड फ्लोरमा आगलागी हुँदा ४ वटा कोठा, गल्ली र माथिल्लो तला जाने भर्याङमा क्षति भएको छ । 

प्रहरीका अनुसार सो घरमा भाडामा बसेका नवराज खड्काले खाना पकाउँदै गर्दा रेगुलेटरमा आगो निस्केर आगलागी भएको हो । आगो निभाउन खोज्दा ग्यास सिलिण्डर ढलेर अन्य कपडामासमेत आगो फैलिएको थियो ।

आगो नियन्त्रणमा आइसकेको छ । प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

समयमै दमकल त्यस क्षेत्रमा पुगे पनि बाटो नहुँदा आगलागी भएको घर नजिकै जान सकेन । तर सँगै रहेको कालिवहादुर बुढाको घरको ट्यांकीमा रहेको पानीले आगो निभाउन सहयोग भएको स्थानीय गोपाल रोकायाले बताए ।

पछिल्लो समय ग्यास लिक भएर हुने दुर्घटना ह्वात्तै बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ