arrow

राष्ट्रपतिमा एमालेलाई सहयोग नगर्न प्रचण्डसँग माधव र उपेन्द्रको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ७ आइतबार
prachanda-madhav-upendra.jpg
तस्बिर – फाइल ।

काठमाडौं । राजनीतिक दलहरुलाई राष्ट्रपतिको निर्वाचनले व्यस्त बनाइदिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपालाई व्यस्त बनाइदिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोही विषयलाई लिएर सर्वदलीय बैठक पनि बोलाउने तयारी गरेका छन् । राजनीतिक दलहरुबीत यतिबेला अबको राष्ट्रपति कस्तो हुनुपर्ने सेरेमोनियल कि कार्यकारी भन्ने बहस भन्दा पनि कुन पार्टीको हुने भन्ने बारेमा चर्चा र परिचर्चा मात्र होइन एकले अर्कोलाई बन्न दिने, नदिने खेल शुरु भएको हो । 

त्यस क्रममा नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले पालैपालो बालुवाटार पुगेर प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । 

आइतबार दिउँसो उनीहरुले सो भेटघाट गरेका हुन् । प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल आइतबार दिउँसो बालुवाटार पुगेका थिए । 

अध्यक्ष नेपालले झण्डै एक घण्टा भेटवार्ता गरेपछि त्यहाँबाट निस्केको बालुवाटार स्रोतले भन्यो । त्यसअघि अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनको भविश्य यो साताभित्र टुंगो लाग्ने दाबी गरेका थिए । 

पार्टीनिकट अनेरास्ववीयूको स्थायी कमिटी बैठक उद्घाटन समारोहमा गठबन्धनमा संविधानविरोधी र पक्षपातीहरु एकै ठाउँमा रहेको भन्दै अध्यक्ष नेपालले त्यस्तो गठजोड लामो समय नटिक्ने बताएका थिए । 

त्यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादवले पनि अहिलेको सत्ता गठबन्धन अस्थायी रहेको बताउँदै आएका छन् । प्रचण्डसँग भेटघाट गरेपछि नेपाल र यादवले राष्ट्रपतिमा एमालेलाई सहयोग नगर्न आग्रह गरेको बुझिएको छ ।

 ‘राष्ट्रपति पदको गरिमा र मर्यादा कायम राखिरहन त्यो पदमा कस्तो व्यक्तिलाई आसीन गराइन्छ भन्नेले पनि ठूलो भूमिका खेल्छ भन्ने बारेमा छलफल भयो’, बालुवाटार निकट स्रोतले भन्यो । 

यतिबेला राष्ट्रपतिलाई ‘सेरेमोनियल’ भनेर मानमर्दन गर्न हुँदैन । राष्ट्रपतिको क्षमता संवैधानिक हो । उसलाई शक्तिहीन ठान्नु गलत बुझाइ हो। शक्ति त निकै नरम अवधारणा हो । 

सर्वमान्य, विवादरहित, सक्षम र देशप्रति बफादार व्यक्ति राष्ट्रपति हुँदा उसको नरम शक्ति जहिले पनि औपचारिक शक्तिभन्दा धेरै गुणा बढी हुन सक्छ । उसका दृष्टिकोणले देशलाई बलियो संगठनमा रूपान्तरण गर्न सक्छन् भन्ने जस्ता विषयले बहस पाएको बेला उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमालेको विगत पनि सम्झाएको स्रोतको दाबी छ । 

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन फागुन १३ गतेका लागि तोकिएको छ । तर दलहरुले अहिलेसम्म राष्ट्रपतिको टुंगो लगाउन सकेका छैनन् । 

पुस १० मा गठबन्धन दलहरुको तर्फबाट एमालेको भागमा परेको राष्ट्रपतिमा कसलाई पठाउने भन्ने बारेमा केही पनि सार्वजनिक गरिएको छैन । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले १३ गते बिहान मात्रै भन्ने भनेर सार्वजनिक घोषणा गरिसकेका छन् ।

आइतबार दिउँसो विराटनगर पुगेका ओलीले त्यस्तो घोषणा गरेका हुन् । एमालेभित्रै पदाधिकारी तहका व्यक्तिहरु राष्ट्रपति पदका लागि आकांक्षी देखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ