arrow

सन्दीपलाई यूएई लैजान राखेपलाई क्यानको पत्राचार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
sandeep-lamichhane-2079.jpg

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने विश्वकप लिग–२ क्रिकेट श्रृंखलामा बलात्कार आरोप खेपिरहेका राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेलाई यूएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको छ । 

बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बेलामा लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तले देश बाहिर जान पाउने छैनन् । तर, कानूनी बाधा हटाएर उनलाई यूएईमा लैजान क्यानले पहल थालेको हो । 

क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ । 

यसअघि अदालतमा मुद्दा कायमै रहेका बेलामा क्यानले सन्दीपको निलम्बन फुकुवा गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ