काठमाडौँ। कलङ्की-चक्रपथ सडक विस्तारको काम अघि बढाउने पहल स्वरूप उपप्रधानमन्त्री श्रेष्ठले स्थलगत निरीक्षण गरेका छन्।
चिनिया सहयोगमा बिस्तार हुन लागेको कलङ्की-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायले आज बिहान स्थलगत निरीक्षण गरेका हुन्। निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण भएको हो।
निरीक्षणका लागि बिहान नौ बजे कलङ्कीको मकालु पेट्रोल पम्प अगाडि बाट शुरू भएको थियो ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि चिनिया राजदूत छन् सोङ लगायत सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गरेका थियो ।