arrow

हृदयघातबाट निधन भएकी सांसद रहमानको नाममा शोक प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १४ आइतबार
Parliament_building-1619601493.png

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । 

जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी रहमानको शनिबार हृदयाघातका कारण ६३ वर्षको उमेरमा निधन भएको थियो । 

दिवङ्गत सांसद रहमानको आत्माको शान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक सोमबार दिउँसो १२ बजेर ३१ मिनेटमा बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ