arrow

धेरै समय टिकेन कांग्रेस–एमाले सहकार्य, फिर्ता लियो कांग्रेसले समर्थन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
pradesh-province-1.jpg
province1

विराटनगर । प्रदेश १ को नाम ‘कोशी’ राख्नु पर्ने भन्दै समर्थन जनाएको नेपाली कांग्रेसले आफनो समर्थन फिर्ता लिएको छ । 

यसअघि एमालेका प्रदेश सभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको प्रस्तावबाट कांग्रेसले समर्थन फिर्ता लिएको हो ।

सत्ता साझेदार माओवादी केन्द्रले एमालेको प्रस्तावमा जान नहुने भन्दै असहमति जनाएपछि कांग्रेसले सोही नाम गरेर अर्को प्रस्ताव दर्ता गराउनका लागि समर्थन फिर्ता लिएको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ