arrow

इतिहास दोहोर्‍याउन नेपाली यू–१९ क्रिकेट टिम मैदानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
nepal-u-19-2023-03-02.jpg

काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा आज यूएईसँग खेल्दैछ । यो खेलको विजेता सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा खेल्न पाउने छ । 

विजेता यो प्रतियोगिताको च्याम्पियन हुनेछ र श्रीलंकाको टिकट पाउन सफल हुनेछ । अहिलेसम्म दुवै टिम अपराजित छन् । दुवैले शुरुआती चार जितेका छन् । छनोटको अन्तिम खेलमा नेपाल र यूएई खेल्न लागेका हुन् । 

जित्ने टिम श्रीलंका जानेछ । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा शुरु हुनेछ ।

नेपाल सन् २०१६ पछि पहिलो पटक यू–१९ विश्वकप खेल्ने बाटोमा रहेको छ । यसअघि यूएईसँग नेपाल सन् २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । 

मलेसियाको किन्रारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ तारिखमा यूएईसँग डकवर्थ लेविसका आधारमा एक रनले पराजित हुँदै विश्वकपमा पुग्नबाट चुकेको थियो । 

यसपालि नेपाल यूएईलाई उसकै भूमिमा हराएर विश्वकपमा पुग्न चाहन्छ । देव खनालको कप्तानीमा रहेको नेपाली टिम यसपालि निकै नै विश्वासी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ