चिनियाँ संसदीय सत्र शुरू: आर्थिक वृद्धि लक्ष्य ५ प्रतिशत, सीको तेस्रो कार्यकाल
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
792
Shares
काठमाडौं। चीनको नेशनल पिपुल्स कंग्रेस (एनपीसी) ले आफ्नो वार्षिक संसदीय सत्र शुरु गर्दै करिब ५ प्रतिशतको सामान्य वार्षिक आर्थिक वृद्धिको लक्ष्य घोषणा गरेको छ।
आइतबार बेइजिङमा सुरु भएको संसदीय अधिवेशन राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालको पदभार हस्तान्तरण गर्दै एक दशकमा सबैभन्दा ठूलो सरकार परिवर्तन कार्यान्वयन गर्ने मार्गमा हिँडेको छ।
निवर्तमान प्रधानमन्त्री ली खछ्याङले बिहान ९ बजे चिनियाँ संसदीय बैठकको उद्घाटन गरेका थिए। उनले कार्य प्रतिवेदन सुनाउँदै आर्थिक स्थिरतालाई प्राथमिकतामा राख्न आवश्यक रहेको र आर्थिक वृद्धिको लक्ष्य करिब ५ प्रतिशत राखिएको बताएका छन्। चीनको यो आर्थिक वृद्धिको लक्ष्य दशकशरुयताकै न्युन मध्येमा पर्छ।
प्रतिवेदनले यो वर्ष करिब १ करोड २० लाख सहरी रोजगारी सिर्जना गर्ने लक्ष्य पनि घोषणा गरेको छ, जुन गत वर्ष कम्तिमा १ करोड १० लाख थियो।
चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) गत वर्ष ३ प्रतिशतले मात्र बढेको छ, जुन दशकयताकै सबैभन्दा खराब वृद्धिमध्ये एक हो। यसको कारणको रुपमा तीन वर्षको कोभिड–१९ महामारीको प्रतिबन्ध, यसको विशाल सम्पत्ति क्षेत्रमा निम्तिएको संकट, निजी उद्यममाथिको क्र्याकडाउन र चिनियाँहरूको कमजोर माग निर्यात ठानिएको छ।
‘पार्टी केन्द्रीय समितिको बलियो नेतृत्वमा हामीले कोभिड–१९ विरुद्धको प्रतिकार्य र प्रभावकारी र सुसंगत ढंगले आर्थिक र सामाजिक विकासलाई अगाडि बढाएका छौं,’ सरकारी प्रतिवेदनमा भनिएको छ ।
'ठूलो कठिनाइ र चुनौतिहरू पार गर्दै हामी समग्र स्थिर आर्थिक कार्यसम्पादन कायम गर्न सफल भयौं,' यसले थपे।
चिनियाँ सरकारले गत वर्ष करिब २.८ प्रतिशतको लक्ष्यबाट फराकिलो गरी कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशतमा बजेट घाटाको लक्ष्य राखेको प्रतिवेदनमा उल्लेख छ ।
यस वर्षको संसदीय सत्रले ली र थप सुधार उन्मुख आर्थिक नीति अधिकारीहरूको भन्दा सीप्रति वफादारहरू बढी सक्रिय रहने छन्। सीले अक्टोबरको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तेस्रो नेतृत्व कायम गर्दै सत्तामा आफ्नो पकडलाई अझ बलियो बनाएका थिए।