arrow

आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
crime-final-everytime-use.jpg

भक्तपुर । आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन् । बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियोसमेत बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिलालाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसर सूचना अधिकारी कुमारप्रसाद मैनालीले जानकारी दिए । 

उनका अनुसार बहिनीसँंग यौनजन्य गतिविधि गरेर सोको भिडियो बनाएर आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको छ । पक्राउ परेकी महिलामाथि थप अनुसन्धान गरिरहेको उनले बताए । 

यसअघि गत जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो ।

प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धन भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा गत २० पुसमा  प्राप्त भई अनुसन्धान थालेको परिसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ