यू–२० महिला एसिया कप छनोट खेल्न नेपाली फुटबल टोली प्यालेस्टाइनतर्फ
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २१ आइतबार
1k
Shares
काठमाडौं । एएफसी यू–२० महिला एसिया कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा एक कार्यक्रमका बीच प्यालेस्टाइनमा हुने छनोट खेलका लागि २३ सदस्यीय खेलाडीको नेपाली टिमलाई बिदाइ गरिएको हो ।
नेपालसहित छनोटको समूहमा घरेलु टिम प्यालेस्टाइन, नर्दन मारियाना टापु र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । यो समुह ‘बी’को टिम हो ।
नेपाली टिमको मुख्य प्रशिक्षक यमप्रसाद गुरुङका अनुसार नेपालले आगामी मार्च ८ मा घरेलु टिम प्यालेस्टाइनसँग पहिलो खेल खेल्नेछ । मार्च १० मा नेपालले नर्दन मारियाना टापुको सामना गर्नेछ भने मार्च १२ अन्तिममा यूएईविरुद्ध खेल्नेछ ।
यो समूहको शीर्ष स्थानमा रहने टिमले छनोटको दोस्रो चरणमा उक्लिने अवसर पाउनेछ ।