arrow

मन्त्रीको घरमा चोरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
chor-1.jpg
तस्बिर – सांकेतिक ।

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ ।

के-कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उनले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताए ।

“के-कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ”, प्रनाउ रिजालले भने, “हामीले अनुसन्धान थालेका छौँ ।”

छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको उनीहरूको भनाइ छ । 

“डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो”, छिमेकी शोभाखर पन्थीले भने, “यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन् ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ