arrow

उपत्यकाको ज्यानमारा ढक्कन [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
ef0d68e6-5b47-4f95-8000-e8c45d233256.jpg

काठमाडौँ । काठमाडौँ उपत्यकाको अधिकांश भित्री तथा मेन सडकहरूमा आधा आधा किलोमिटरमा  सवारी साधन चलाउँदा छलाउँदै लग्नु पर्ने हुन्छ । कारण माथि निस्केका ढक्कनहरुले गर्दा हो।  यी ढक्कनहरू अधिकांश ढल , खानेपानी र केही तारबारका हुने गर्छन् ।

यी ढक्कनहरू मुख्यता कोरिडोर र उपत्यकाका भित्री बाटोहरुमा प्रशस्त देख्न सकिन्छ । हुन त ढक्कनहरू किन नहोस् उपत्यका सबै घरका ढल व्यवस्थापन पनि गर्नुपर्‍यो । काठमाडौँ उपत्यका यी सबै ढलहरू कतै न कतै खोला, नदीमा गएर मिसिन्छ । 

ढल व्यवस्थापन गर्न बनाइएका सडकमाथिका यी ढक्कनहरु सबै ठाउँहरुमा यत्रतत्र फैलिएका छन् । आधा–आधा किलोमिटरमा भेटाइने यी ढक्कनहरु सडकको सतहदेखि अलिकति न अलिकति माथि निस्केकै देखिन्छ ।  

यो ढक्कन कुन हिसाबले सडकको सतहभन्दा माथि हुन्छ भन्ने कसैले केही अनुमान गर्न सक्दैन्न । काठमाडौं उपत्यकाको मुख्य सडक पुतलीसडक क्षेत्रको लाइनमा पनि यो उठेको प्रशस्त देख्न सकिन्छ ।

पुतलीसडक जस्तो मुख्य  भीड हुने सडकमा त त्यसरी सडकको लेबल मिलेको देखिदैन जहाँ  प्रधानमन्त्री सवारी गर्ने गर्दछन् । बाइक चालकहरुको मुख्यको चिन्ताको विषय भनेकै सडकमा उठेका ती ढक्कनहरुनै हो । बाइक आफ्नो गतिमा आएको बेला ढक्कनमा परेर दुर्घटना हुने गर्छ ।

“राजधानीको सिंहदरबार जाने बाटोमा त यस्तो अवस्था छ, कतै ढलको ढक्कन उठेको त कतै खाल्डा ,अरु ठाउँको त के कुरा गर्नु “ भन्छन् कपिल न्याउपाने । न्याउपाने बिगत लामो समयदेखि पुतलीसडक क्षेत्रमा  किताब बेच्दै आएका छ्न् । उनी भन्छन्, "दिनहुँ प्रधानमन्त्री , रास्ट्रपति हिँड्नुहुन्छ यही बाटो तर कसैलाई केही फरक पर्दैन । जनतालाई के दुःख भैराखेको छ भन्ने ।" 

उपत्यका भित्रका कोरिडोरहरुको कुर गर्ने हो भने त झन् खत्तम छ । अझै खराब अवस्थामा उठेका ढक्कन हरु देख्न पाइन्छ । धोबीखोला कोरिडोर, बागमती कोरिडोर, मनोहरा हनुमन्ते कोरिडोर र बिष्णुमती कोरिडोरको अवस्था सबैको उस्तै उस्तै छन् ।

कोरिडोर क्षेत्र हरुमा ढक्कन सडकको लेबल देखि १५ देखि २० सेन्टिमिटर माथी सम्म उठेका छन् । कोटेश्वर को नरेफाट क्षेत्रमा पर्ने मनोहरा हनुमन्ते कोरिडोरको बाटोमा ढक्कनहरुको पहाडनै उठेको जस्तो देखिन्छ । दिनको समयमा त देखिने तर रात परे पछि सडकमा बत्ती नहुनुको कारणले निकै दुर्घटना हुने गरेको देखिन्छ ।

त्यही स्थानमा ढलको ढक्कनको कारणले दुर्घटनामा परेका बानेश्वर निवासी अजित खरेल बताउँछन् ,“ साँझ  साथीकोमा गएर फर्किदा नयाँ बाटो जान्छु भनेर जाँदा, उठेको ढक्कनमा बाइक ठोक्किएर अनियंत्रित भइ दुर्घटना भएको हो, त्यो दिनदेखि मलाई बाटोमा  उठेको ढक्कनहरुबाट निकै डर लाग्ने गर्छ । उनी जस्ता पात्रहरु धेरै भेटिन्छन् सामान्य देखि ठुलै दुर्घटना भएका । खानेपानी तथा ढल व्यवस्थापन विभागका उप–महानिर्देशक राम कुमार श्रेष्ठ भन्छन,“ सडक बनाउदा र ढल बनाउंदा दुवै बिचको समन्वय मा अभाव को कारणले यो प्रणाली लागू हुन्छ “ । उनी भन्छन ,“ यो सडकमा बाध्यताले बनेको हुदैन सबौ निकाय बिचमा समन्वय नहुने र कोले छिटो र हतार मा बनाउने भन्ने होड्बाजिले  पनि यस्तो भएको देखिन्छ “ ।

हो पनि कहिले सडक बिभाग, कहिले काठमाडौं उपत्यका खानेपानी सस्था त कहिले ढल व्यवस्थापन बिभाग सबैले आ-आफ्नो काम राम्रो सङ्ग र दिगो काम नगरिदिदा यस्तो अवस्था आउने गरेको छ। गत महिनामात्र काठमाडौं उपत्यका खानेपानी सस्था र भौतिक पुर्वाधार मन्त्रालय बिच मिटिङ्ग बसेर निर्णय चाहिँ निस्केको छ कि सडक सतह बराबर गराउने गरि काम हुनु पर्ने र अब बनाउदा त्यसरी समन्वय बिना कुनै निकाय बाट काम हुन नपाउने भन्ने भनिएको छ। 

यस्तो गर्दा दुर्घटना मा केही कमि र नियन्त्रणमा आउला तर पहिला पुराना भएकालाइ व्यवस्थापन नगर्ने हो भने अझै ठुला भन्दा ठुला दुर्घटना नहोला भन्ने सकिदैन ।

IMG_7501.jpg
IMG_7500.jpg
621db12d-c4d0-4141-bbff-6b0e430da6dc.jpg
f86fb532-442f-408f-8e26-9ba3033f143b.jpg
IMG_7503.jpg
1de733c6-1989-46dc-9a0a-6c12ba102ab9.jpg
IMG_7502.jpg
fcbd93e5-b66f-43a8-bd31-0683a3b050ee.jpg
004e7d6a-9d4e-4d02-9408-a94ef2ce81b8.jpg
8c955a01-d404-4825-9982-f5cb3cd0f910.jpg
IMG_7504.jpg
ef0d68e6-5b47-4f95-8000-e8c45d233256.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ